अफगानिस्तानमा तालिवानकाे आक्रमणमा १० को मृत्यु

title
बिहिबार, मंसिर १३, २०७५

एजेन्सी । अफगानस्तानको काबुलस्थित बेलायतको एक निजी सुरक्षा संस्थाको परिसरमा तालिवानले गरेको आक्रमणम १० जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ । आक्रमणकारीहरुले बेलायतको सुरक्षा कम्पनी जिफोएसलाई लक्षित गरी कार बम विस्फोट गराएको प्रहरी र गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको जिम्मेवारी लिएको तालिवानले आक्रमण अझैपनि जारी रहेको भन्दै ट्वीट गरेको छ । काबुलमा रहेका बेलायती कार्यालयहरुको सुरक्षाको जिम्मा जीफोएस कम्पनीले लिएको उसको वेबसाइटमा उल्लेख गरिएको छ ।