अफगानिस्तानमा श्रृंखलाबद्ध हिंसा, एक सय ३० भन्दाबढीको मृत्यु

title
आइतवार, कार्तिक ४, २०७५

एजेन्सी । अफगानिस्तानमा सम्पन्न संसद्को तल्लो सदनको निर्वाचनका क्रममा भएको श्रृंखलाबद्ध हिंसामा एक सय ३० भन्दाबढीको ज्यान गएको छ ।

त्यहांको गृहमन्त्रालयले हिजो अवेर सार्वजनीक गरेको विवरण अनुसार, निर्वाचनका क्रममा धेरै घटना राजधानी काबुल र आसपासका क्षेत्रमा भएका छन् ।

काबुल लगाएतका एक सय ६६ भन्दा बढी स्थानमा भएको विस्फोटमा एक सय ३० जनाको मृत्यु भएको र सयौं सर्वसाधारण घाइते भएको अफ्गानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् ।

तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।