अफगानिस्तानमा २७ तालिवान लडाकू मारिए

title
शनिबार, चैत्र ३०, २०७५

अफगानिस्तान । अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको छ ।

उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यका अनुसार लडाकूले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए । घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको जनाएका छन् ।