अब ‘कुटपिट मन्त्रालय, हातपात मन्त्री’: मनोज गजुरेल

title
सोमवार, पुस ३०, २०७५

काठमाडौँ – प्रदेश नम्बर दुईमा मन्त्रीले सचिवलाई कुटेको घटना सार्वजनिक भएपछि अहिले विभिन्न खालका टिप्पणी भइरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सचिवलाई कुटेको विषयमा पदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको आलोचना गरेका छन् । मन्त्री यावदले आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै सचिवलाई कुटेका थिए ।

यस घटनाको छानबिनका लागि प्रदेश मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएका बेला मुख्यमन्त्री लालबाबु राउतले कुरा मिलिसकेको बताएपछि दण्डहिनतालाई प्रसय दिएको भन्दै उनको पनि आलोचना भइरहेको छ ।

यसैबिच मन्त्रीले सचिवस्तरका कर्मचारीलाई कुट्न थालेपछि अब कर्मचारीहरुलाई आत्मरक्षा तालिम दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य छेडिएको छ । यसैक्रममा हास्यकलाकार मनोज गजुरेलले अब सरकारले कुटपिट मन्त्रालय गठन गर्नुपर्ने बताएका छन् ।

‘कुटपिट मन्त्रालय गठन गर, कुट्न पाउने अधिकारको ग्यारेण्टी गर (हातपात मन्त्री, २ झापड प्रदेश)’ उनले फेसबुकमा लेखेका छन् ।