अभिनेत्री कला अब ‘आरुसी’ बन्दै

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौं । पुराना निर्माता तथा निर्देशक उदय सुब्बा आफ्नो पछिल्लो चलचित्र आरुसी निर्माणमा व्यस्त छन् । लगानीका हिसाबले झण्डै १ करोडको लागनीमा चलचित्रको निर्माण हुँदैछ ।

हालै ‘आरुसी’को गीत रेकर्डिङ सक्किएको छ । यसमा बिकाश चौधरी, ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने शब्द निर्देशक सुब्बाको रहेको छ । गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुम्निमा ईङ्नाम, बादल लिम्बु, सुसन साम्सुहाङले स्वर दिएका छन् । मंसिरको दोश्रो साताबाट फ्लोरमा जाने चलचित्र ‘आरुसी’का निर्माताहरुमा बिरु गुरुङ, सहारा प्रधान, केशब कुमार श्रेष्ठ रहेका छन् भने कथा बिरु गुरुङ, पटकथा सम्बाद मौनता श्रेष्ठको रहेको छ ।

चलचित्रका लागि निर्माण पक्षले आन्तरिक तयारी थालेको भए पनि सवै कलाकारको टुंगो भने लागिसकेको छैन । निर्माण पक्षका अनुसार आरुसीका लागि अहिलेका चल्तीका कलाकारहरुकै अभिनय रहेने जनाइएको छ । चलचित्रको कथावस्तु निकै राम्रो भएका कारण चलचित्रले दर्शकको मन बटुल्नेमा निर्माण पक्ष ढुक्क छ ।

तर, निर्माण पक्षले दर्शकको रोजाइको चलचित्र बनाउनका लागि निर्माण पक्षले आन्तरिक तयारी गरिरहेको छ भने छायांकन देखि लिएर मेकिङ, प्राविधिक पक्ष र बजार व्यवस्थापनलाई पनि अब्बल तवरले अघि बढाउनेमा निर्माण पक्षको योजना रहेको छ ।

त्यसो त नेपाली फिल्ममा अब एक करोड लगानी सामान्य हुन थालेको छ । उदयले पनि गणपति फिल्मस्का लागि आफैंले फिल्म निर्देशन गर्नेछन् । फिल्मको छायांकन यही मंसिर १५ गतेबाट सुरु हुँदैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस फिल्ममा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् ।

साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने तयारी रहेको निर्देशक सुब्बाले बताए । चलचित्र झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहनेछ ।