अमेरिकाको एरिजोना राज्यका रिपब्लिकन सिनेटर जोन मेकेनको निधन

title
आइतवार, भदौ १०, २०७५

अमेरिकाको एरिजोना राज्यका रिपब्लिकन सिनेटर जोन मेकेनको निधन भएको छ ।

सिनेटर मेकेनको ८१ वर्षको उमेरमा एरिजोनामै निधन भएको हो ।

उनी लामो समयदेखि दिमागमा क्यान्सरबाट पीडित थिए । क्यान्सरकै कारण उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनी सन् ८० को दशकदेखि अमेरिकी राजनीतिक वृत्तमा सक्रिय थिए । उनले २००८ मा रिपब्लिकन पार्टीबाट बाराक ओबामाको प्रतिद्वन्द्वीका रुपमा राष्ट्रपतीय चुनाव अभियानमा असफल पनि भएका थिए ।

त्यसअघि भियतनाम युद्धका क्रममा उनी अमेरिकी नौसैनिक कप्तान समेत रहिसकेका उनले भियतनाम युद्धका क्रममा भियतनाममा युद्धबन्दीको जीवन बिताएका थिए ।

उनी रिपब्लिकन पार्टीकै भएपनि वर्तमान डोनाल्ड ट्रम्प प्रशासनको कट्टर आलोचक मानिन्थे । उनको मृत्युपछि राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज बुश लगायत विश्वभरीबाट श्रद्धाञ्जली सन्देश जारी गरिएको छ ।