अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुई जनाको मृत्यु

title
सोमवार, भदौ ११, २०७५

एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।

ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो ।

गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । प्रहरीले अहिले क्षेत्र क्षेत्रमा व्यापक सर्च अभियान चलाएको छ ।

प्रहरीले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजानसमेत अपील गरेको छ ।