अमेरिकाद्वारा भिसामा कडाइ, सामाजिक सञ्जालका विवरण पेश गर्नुपर्ने प्रावधान

title
आइतवार, जेष्ठ १९, २०७६

एजेन्सी । अमेरिकाकाले आफ्नो मुलुकको प्रवेशाज्ञा पाउनका लागि अनिवार्य सामाजिक सञ्जालहरुको विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ । आफ्ना मुलुकको नागरिकको सुरक्षालाई ध्यानमा दिदै यस्तो नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनु पर्ने व्यवस्था गरिएकोमा अब सबैका लागि यो नियम अनिवार्य गरिएको हो । ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो। यस्तो नीतिले अनलाइनमा मानिसहरूलाई आत्मानुशासित गराउने सो समूहको भनाइ छ ।

यो नियमले बर्षेनी झण्डै एक करोड ४७ लाख मानिस प्रभावित हुने आंकलन गरिएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको एउटा प्रमुख मुद्दामा डोनाल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए ।

पदमा आउनुअघि र पद सम्हालेपछि उनले आप्रवासीहरूमाथि कठोर जाँच गरिनुपर्ने बताएका थिए ।