अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने– सरकार ५ वर्ष टिक्छ

title
बिहिबार, अशोज १८, २०७५

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको महासभा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिन असोज ६ न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली १२ दिनपछि बिहीबार अपरान्ह स्वदेश फर्कनुभएको हो । विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएतले प्रधामन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ महासभाको अधिवेशनलाई सम्बोधनका साथै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो ।

नेपाल फर्के लगतै त्रिभुवन विमानस्थलस्थलको अति बिशिष्ट कक्षमा सञ्चारकर्मीसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल रहेको दाबी गर्नुभयो । त्यस्तै सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पाँच वर्ष टिक्‍ने दाबी गर्नुभयो । बर्तमान सरकार पाच वर्ष टिक्ने र चुनाव पनि गराउने उहाको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्‍म नराम्रो काममा हात नहालेको दाबी गर्नुभयो । स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार विदेश नीति र सम्बन्धलाई खास गरी भारत र चीनसँग विशिष्ट रुपमा बनाएको दाबी गर्नुभयो । भ्रमणका क्रममा सार्कलाई थप कसरि प्रावकारी बनाउने भन्‍ने विषयमा सदस्‍य राष्ट्रहरुबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।