अमेरिकामा नेपाली महिलामाथि ८ राउण्ड गोली प्रहार

title
बुधबार, साउन ९, २०७५

काठमाडौं । अमेरिकाको ओक्लोहाममा एक नेपाली युवतीमाथि गोली प्रहार भएको छ । स्थानीय ग्याँस स्टेशनमा काम गर्ने गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे एक युवकले ८ राउण्ड गोली प्रहार गरेका थिए ।
गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ८ मध्ये ४ गोली शरिरबाट निकालिएको र रचनाको अवस्था अत्यत्नै चिन्ताजनक रहेको श्रीमान् कपिल श्रेष्ठले बताउनुभयो ।
गोली हान्ने १८ वर्षका जिमुन्तेज हिललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ । डीभी परेर डेढ वर्ष अघि अमेरिका गएकी उनका साढे २ वर्षका छोरा छन् ।