अमेरिकामा माथि व्यापारिक बदमासीको आरोप

title
मङ्लबार, अशोज ९, २०७५

बेइजिङ । चीनले अमेरिकामाथि व्यापारिक बदमासी गरेको आरोप लगाएको छ । सोमबारदेखि चीनबाट आयात हुने बस्तुमा २ सय अर्ब अमेरिकी डलर बराबरको करवृद्धि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो ।

अमेरिकी कदमको बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । वित्तीय इतिहासमा अमेरिकाले सबैभन्दा ठूलो व्यापारिक युद्ध शुरु गरेको चीनको आरोप छ ।

चीनले अमेरिकासँगको थप व्यापारिक वार्तासमेत रद्द गरिसकेको छ । ट्रम्प प्रशासनले यसअघि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा करवृद्धि गरेको थियो ।