अमेरिकी पूर्वराष्ट्रपति बुशको निधन

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । शुक्रबार साँझ ९४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । यस्तै, उनका छोरा छोरा जर्ज बुश पनि राष्ट्रपति बने । बुश परिवारले बुवा र छोरा दुवै अमेरिकाको राष्ट्रपति भएको किर्तिमान राखेको छ । उनका छोरा जर्ज बुश सन् २००१ देखि २००९ सम्म अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बने ।

राजनीतिमा आउनुभन्दा अगाडिबुश अमेरिकी नेभीका पाइलट थिए । उनी दोस्रो विश्वयुद्धका एक योद्धा समेत हुन् । १८ वर्षको उमेरमा उनी अमेरिकी नेभीमा पाइलटको रुपमा प्रवेश गरेका थिए ।