अमेरिकी पूर्वराष्ट्रपति बुशको निधनप्रति काँग्रेसको श्रद्धाञ्जली

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुशको निधनप्रति नेपाली काँग्रेसले समवेदना प्रकट गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै बुशको निधनको स्तब्ध बनाएको भन्दै प्रजातन्त्र पुर्नस्थापनामा देखाएको सद्भाव स्मरणीय रहेको बताएका छन् ।

सभापति देउवाले बुशप्रति श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् ।