अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर रोक्का

title
आइतवार, भदौ १७, २०७५

एजेन्सी । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर रोक्का गरेको छ । पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो ।

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली जानकारी दिएका छन् ।

यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो ।

अमेरिकी निर्णयले नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ । पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो । अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ ।