अरिंगाल मानाको पन्ध्र सय !

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अरिंगाल भन्दा धैरै यहाँ ‘टेस्ट अरिंगालको चर्चा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रमक भएर खनिनु भनिरहँदा यहाँ अरिंगालका पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ ।

अहिले अरिंगाल प्रतिमाना १ हजार ५ सय रुपैयाँ अर्थात प्लेटको ५ सयसम्म लिएर होटेल रेस्टुरेन्टहरुले अरिंगाल व्यापार गरिरहेका छन् । व्यापार यति बढेको छ की भने जति अरिंगाल खान पाइँदैन ।

प्रधानमन्त्रीको वक्तव्यपछि एका एक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दा देखिनै व्यापार चुलिएको आजको नागरिक दैनिकमा खबर छ । चर्चा बढिसकेको थियो । हिजो आज अभाव हुन थालेको छ, एक व्यापारीले भने’ यहाँ अरिंगाल टेस्टी मानेर खानेको ठूलै जमात छ ।