अरुणिमाको आगमन कस्तो रहला ?

title
शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं । विवाहपश्चात नेपाली सिने नगरीबाट टाढिएकी नायिका अरुणिमा लम्साल म्युजिक भिडियोमा देखापरेकी छन् । हाल अमेरिका बस्दै आएकी नायिका अरुणिमा कलाकार विमलेश अधिकारीको डेब्यू निर्देशनमा बनेको ‘यो मन जलेको छ’ बोलको गीत मा देखापरेकी हुन् ।

गीतमा कमल रसाइलीको संगीत र स्वर रहेको छ भने डायमण्ड थापाको संगीत रहेको छ। भिडियोमा लम्सालसंगै संगीतकार डायमण्ड थापाले अभिनय गरेका छन् । मोनी राईले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । त्यसो त अरुणिमा लम्साल अभिनेत्री मात्र नभएर मोडेल पनि हुन् ।

पछिल्लो पटक ‘उर्वशी’मा पनि अरूणिमाले अतिथि कलाकार भएर काम गरेकी थिइन् । एकताका टेलिभिजन विज्ञापनमा समेत व्यस्त हुने अरूणिमा अहिले नेपाली चलचित्रमा देखिएकी छैनन् ।

अरूणिमाका समकालीन अभिनेत्री संचिता लुइँटेल लगायतका केही अभिनेत्री चलचित्रमै रमाउँदै आएका बेला अरुणिमा पनि म्यूजिक भिडियोमार्फत दर्शकमाझ देखा परेकी छिन् । यसले गर्दा उनी अब चाँडै चलचित्रमा समेत देखिने अपेक्षा गर्न सकिन्छ ।