अर्काे निर्णय नहुँदासम्मका लागि देशभरका विश्वविद्यालयले दिने सम्बन्धनमा रोक

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । सरकारले देशभरका विश्वविद्यालयले दिने सम्बन्धनमा अर्काे निर्णय नहुँदा सम्मका लागि रोक लगाएको छ ।

आज काठमाडौमा बसेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले तत्कालका लागि विश्वविद्यालयले दिने सम्बन्धनमा अर्काे निर्णय नहुँदा सम्मका लागि रोक लगाएको जानकारी दिनुभयो । उच्चस्तरीय शिक्षा आयोग गठन भएर कार्य प्रारम्भ गरेको सन्दर्भमा उक्त आयोगले दिने सुझावका आधारमा आवश्यकता अनुसार सम्बन्धन दिने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

उहाँले मुलक संघीय संरचनामा गईसकेकाले स्थानीय निकायसंगको समन्वयमा अन्तराष्ट्रिय समकक्षी शिक्षाको व्यवस्था गर्नुपर्ने बताउनु भयो । संबिधान अनुसार नै बिद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाइ दिनुपर्ने भन्दै उहाँले तीनै तहको सरकारको कार्यक्षेत्रलाई स्पष्ट पारिने बताउनुभयो ।

आयोगका सदस्यहरुमा पूर्व शिक्षा मन्त्रीहरु तत्कालिन माओवादीका धनिराम पौडेल र तत्कालिन एमालेबाट गंगालाल तुलाधर, शिक्षाविद् विद्यानाथ कोइराला, शुसन आचार्य, टंकनाथ शर्मा, मीनबहादुर विष्ट लगाएत हुनुहुन्छ भने आयोगलाई काम थालेको ४ महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउने कार्यादेश तोकिएको छ ।