अल्ट्रा धाविका मीरा राई अमेरिकामा सम्मानित

title
बिहिबार, अशोज २५, २०७५

काठमाडौं । अमेरिकामा नेपाली अल्ट्रा धाविका मिरा राई सम्मानित भएकी छन् । एशिया शोसाइटीले प्रदान गर्ने ‘गेम चेन्जर अवार्ड’बाट नेपाली चेली मिरा सम्मानित भएकी हुन् ।

युन्योर्कमा आयोजित भब्य समारोहमा मिरासँगै विभिन्न क्षेत्रका ९ जनालाई यस अर्वाडबाट सम्माजित गरिएको थियो । उनले फेसबुकमा लेखेकी छन् ‘आज मेरो जीवनको सबैभन्दा उत्कृष्ट पल हो नेपालको प्रतिनिधित्व गर्दै पाएको यो सम्मान, विशेषगरी यो अर्वाड प्रदान गर्ने एशिया सोसाइटीलाई धन्यवाद अनि यो सम्भव बनाउने नेपाललाई पनि ।’ अन्तर्राष्ट्रिय अल्ट्रा धावकी मिरा यसअघि नेशनल जियोग्राफीकोे ‘एडभेन्चर अफ दि इयर’बाट सम्मानित भएकी थिइन् ।