
काठमाडौं ।पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडक एकतर्फी खुलेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो ।