अविरल वर्षाले नेपालगञ्ज जलमग्न (फोटो फिचर)

title
सोमवार, साउन २१, २०७५

बाँके । केही दिनयता परेको अविरल वर्षाका कारण बाँकेको बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।
नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ। पानी निकासको राम्रो प्रबन्ध नहुँदा वर्षाको समयमा नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।