अवैध भारु १२ लाख ७० हजारसहित दुई जना पक्राउ

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । प्रतिबन्धित १२ लाख ७० हजार भारतीय रुपैयाँसहित प्रहरीले दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।