अवैध लागू औषधसहित ६ जना पक्राउ

title
मङ्लबार, मंसिर २५, २०७५

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले अवैध लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।  व्युरोले मंगलवार पत्रकार सम्मेलन गरी पर्साका सुवास सहनी, बाराका पुनम कुमारी सहनी र पर्साका नरेश सहानीलाई वीरगंजबाट पक्राउ गरिएको जनाएको हो ।

उनीहरुबाट डाईजेल्याव, बुप्रिनर्फिन र फेनारगन दुई–दुई सय एम्पुल बरामद गरिएको व्युरोका प्रमुख डिआइजी दिनेश अमात्यले जानकारी दिनुभयो ।

त्यस्तै व्युरोले बिशेष सुचनाको आधारमा काठमाडौ र ललितपुरमा अवैध लागू औषध बिक्रिबितरण गर्ने भारतीय नागरिक मोहम्मद तुफानलाई पनि पक्राउ गरेको छ ।

उनको साथबाट डाईजेल्याव, बुप्रिनर्फिन र फेनारगन दुई–दुईसय एम्पुल र नाईट्रोजेपान तीन हजार ट्याव्लेट बरामद गरेको छ ।

त्यस्तै व्युरोले बा“केबाट सुर्खेत घर भएका रमेश सिंह र दिपक रानामगरलाई पनि पक्राउ गरि उनीहरुको साथ अवैध लागू औषध बरामद गरेको छ । पक्राउ परेका उपर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।