अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज पाकिस्तानलाई

title
शनिबार, कार्तिक ३, २०७५

एजेन्सी । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज जितेको छ । शुक्रबार दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई ३ सय ७३ रनले हराएर पाकिस्तानले सिरिज जितेको हो ।

आबुधाबीमा पाकिस्तानले दिएको ५ सय ३८ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । जितसंगै पाकिस्तानले दुई खेलको सिरिज १–० ले जितेको हो ।

दुई टोलीबीचको पहिलो टेष्ट ड्र भएको थियो । शेख जायद स्टेडियममा भएको खेलमा पाकिस्तानी बलर हाबी हुँदा अष्ट्रेलिया ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्नेले ४३ रन तथा टर्भिस हेडले ३६ रन जोडे । यस्तै आरोन फिन्चले ३१ रन जोड्दा मिचेल स्टार्क्सले २८ रन जोडे । पाकिस्तानका मोहमद अब्बासले ५ विकेट लिदा यासिर साहले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङसमा ९ विकेटको क्षतिमा ४ सय रन जोड्दै इनिङस समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका बाबर आजमले ९९ रन जोड्दा सर्फराज अहमेदले ८१ रन जोडे ।

अष्ट्रेलियाका नाथन लियोनले ४ विकेट लिए ।