असक्षम पप्पुलाई पुनः नयाँ ठेक्का

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । दर्जनौं पुल तथा सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि नयाँ ठेक्का पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि भएको आव्हानमा १२ कम्पनीमध्ये सबैभन्दा कम दररेटमा प्रस्ताव पेस गर्ने पप्पुले कन्स्ट्रक्सनल पुनः ठेक्का पाउने भएको हो ।

पप्पुले २ अर्ब रुपैयाँ बढीको ठेक्का पाउने भएको छ । यसअघि कम्पनीले लिएको ठेक्का समयमै पूरा नगर्ने र गरेका काम पनि गुणस्तरीय नहुने गरेकाले सर्वत्र आलोचना भइरहेको छ ।

यसले पप्पु कन्स्ट्रक्सन कम्पनीमाथि नै असक्षमताको प्रश्न खडा भएको छ । तर फेरि पनि असक्षम मानिएको पप्पुलाई नै सरकारी ठेक्का दिनुलाई भने आश्चर्यको रुपमा हेरिएको छ ।