असिनापानी परेपछि हिउँउदेबाली नष्ट

title
शनिबार, बैशाख १४, २०७६

डडेलधुरा । डडेलधुरा अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ ।

गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।

दिउँसो करीब एक घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौँसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको हो ।

गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ ।