अस्ट्रेलियाद्धारा वेस्टइण्डिजलाई २८९ रनको लक्ष्य, कस्ले मार्ला बाजी ?

title
बिहिबार, जेष्ठ २३, २०७६

ऐजेन्सी । इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा भईरहेको छ । नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले वेष्ट इण्डिजलाई जितका लागि २ सय ८९ रनको लक्ष्य दिएको छ । खराब सुरुवात गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८८ रन बनायो । उसका लागि नाथन कल्टर सर्वाधिक ९२ रनको योगदान गरे । त्यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै  एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ रन जोडे । यता, वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट लिए । त्यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान दुई दुई विकेट हात पारे ।

ट्रेण्ड ब्रिज स्टेडियममा आज दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिएका छन् रहेका छन् । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यता वेष्ट इण्डिजले पनि पाकिस्तानमाथि ७ विकेटले नै पराजित गरेको थियो ।