अस्ट्रेलियामा अभिनव र सितुलाई स्वर्ण

title
सोमवार, साउन १४, २०७५

काठमाडौं । अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् ।

क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले हराएका थिए । गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा अभिनवको यो दोस्रो स्वर्ण हो । च्याम्पियनसिपमा अभिनवले यसअघि पुम्सेमा स्वर्ण जितेका थिए ।

यस्तै महिलाको ४६ केजीमूनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । सितुले फाइनलमा अष्ट्रेलियाकी एमी लिलाई १२–३ को फराकिलो अंकले हराएर स्वर्ण जितेको टिम व्यवस्थापक कविराज नेगी लामाले जानकारी गराए । सितुले शनिबार पुम्सेमा कास्य जितेकी थिईन् । पुम्सेमै नेपालकी यङचेन शेर्पाले समेत स्वर्ण जितेकी थिइन् ।