अाइसीसी टी–२० बरियतामा चार नेपाली खेलाडी

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन्।

आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन्। नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन्।

ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औँ र शरद १००औँ स्थानमा छन्। त्यस्तै बलिङतर्फ सोमपाल ९२औँ र रेग्मी ७४औँ स्थानमा छन्। आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि बरियतामा समावेश हुँदै आएका छन्।