अाज राति उल्का वर्षा हुने, काठमाडाैंबाट सहजै देख्न सकिने

title
आइतवार, साउन २७, २०७५

काठमाडौं । आइतबार राति उल्कापात हुने भएको छ । मौसम सफा रहेमा आइतबार राति र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का वर्षा हुने अनुमान गरिएको छ।

केही समयदेखि उल्का खस्ने भएपनि आइतबार राति र सोमबार बिहान यो वर्षको उच्च बिन्दुमा पुग्न लागेको हो। यो पटक खस्ने उक्का वर्षालाई यायती उत्कापातको नाम दिइएको छ ।

आकाश खुला रहे यो उल्कापात काठमाडौंसहितका ठाउँबाट हेर्न सकिनेछ। एक घण्टामा ५० वटाभन्दा बढी उल्का खसे त्यसलाई उल्कापात भनिन्छ। उल्का आकाशको जताबाटै पनि खस्सेको देखिन्छ। तर आकाशमा धेरै अँध्यरो भएको स्थानतिर हेर्दा राम्रो देखिन्छ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरीक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई हामी उल्कापात भनिन्छ ।

सन् २००८ देखि २०१३ सम्म विभिन्न उल्कापात हरुको खिचिएको हजारौ तस्वीरहरुको नासाले गरेको यायती उल्कापात मा अन्य उल्कापात भन्दा चम्किलो देखिने गरेको जनाए छ ।