आइपिएलको उपाधिका लागि आज फाइनल भिडन्त, मुम्बई र चेन्नई भिड्दै

title
आइतवार, बैशाख २९, २०७६

काठमाडौं । आइपिएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो ।

दुई टिमबीच चौथो पटक उपाधि भिडन्त हुन लागेको हो । पछिल्लो पटक सन् २०१५ मा मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो । यो सिजनको उपाधि भिडन्त भने आज नेपाली समय अनुसार राती पौने ८ बजेबाट हैदरावादमा हुनेछ ।

यसैबीच आईपीएल खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आज स्वदेश फर्कर्ने भएका छन् । आईपीएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो ।

सन्दीप दिउ“सो साढे २ बजे एयर इन्डियाबाट काठमाडौ आउने जनाइएको छ । गत सिजनमा आईपीएलमा डेव्यु गरेका को सन्दीपले यो सिजनमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिएका थिए ।