आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

title
शनिबार, बैशाख २८, २०७६

काठमाडौं

आइपिएल क्रिकेटको उपाधिका लागि चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो ।

दुई टिमबीच चौथो पटक उपाधि भिडन्त हुन लागेको हो । पछिल्लो पटक सन् २०१५ मा मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो । यो सिजनको उपाधि भिडन्त आगामी आइतबार हैदरावादमा हुनेछ ।

यसअघि मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । शुक्रबार दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो ।

चेन्नईको जितमा ओपनरद्वय फाप डुल प्लेसिस र सन वाटसनले ५०/५० रन जोडे । प्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गरे । वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का हिर्काए ।

सुरेश रैना ११ रन र महेन्द्रसिंह धोनी ९ रनमा आउट भए । अम्बाती रायदुले नटआउट २० रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोडेको थियो ।

दिल्लीका लागि रिशव पन्तले ३८ रन र कोलिन मुनरोले २७ रनको योगदान दिएका थिए । इशान्त शर्माले अन्तिम ३ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा नटआउट १० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेका थिएनन् । ब

लिङमा चेन्नईका चार बलरले २÷२ विकेट लिए । दिपक चाहर, हरवजन सिंह, रविन्द्र जडेजा र डिजे ब्राभोले २/२ विकेट हात पारे ।