आइसीसीले पठायो नेपाली क्रिकेटरको तलव

title
शनिबार, माघ २६, २०७५

काठमाडौँ । अन्र्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको दुई वर्षको तलब पठाएको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बलनमा परेपछि सन् २०१६ देखि रोकिएको खेलाडीको तलब आईसिसिले पठाएको हो ।

आज आइसीसीले राष्ट्रिय खेलकुद परिषद्को बैंक खातामा दुई वर्षको एकमुष्ट तलव जम्मा गरिदिएको छ । आइसीसीले नेपाली रुपैयाँ १ करोड २७ लाख १८ हजार ७ सय ८२ जम्मा गरिदिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

आइसीसीले तीन समूहमा वर्गिकरण भएको नेपाली क्रिकेटरको तलब एकैपटक पठाएको जनाइएको छ । यसअघि तलव वितरणका लागि राष्ट्रिय टिमका कप्तान जगत टमाटा र कप्तान पारस खड्काको सल्लाहमा २१ खेलाडीलाई तीन समूहमा वर्गिकरण गरिएको थियो ।