आईपिएलको उद्घाटन खेलमा बैंगलोरद्वारा चेन्नईलाई ७१ रनको लक्ष्य

title
शनिबार, चैत्र ९, २०७५

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलको १२औँ संस्करणको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंगलाई जितका लागि ७१ रनको लक्ष्य दिएको छ ।

भारतको चेन्नईस्थित एमए चिदाम्बरम रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । बैंगलोरका पार्थिव पटेलले सर्वाधिक २९ रन बनानु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले समान तीन तीन विकेट लिए । अहिले धोनीको कप्तानीमा रहेको चेन्नई जवाफी व्याटिङमा उत्रिएको छ ।

साविक विजेता चेन्नईले हालसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । कोहलीको बेंगलोर हालसम्म उपाधि जित्न सकेको छैन । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ ।

चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब छन् ।