आईपिएलमा चेन्नईको सुखद सुरुवात, बेंगलोर ७ विकेटले पराजीत

title
शनिबार, चैत्र ९, २०७५

ऐजेन्सी, साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजीत गर्दे महेन्द्र सिंह धोनीको चेन्नईले विजयी सुरुवात गरेको हो । चेन्नईस्थित एमए चिदामबरम क्रिकेट स्टेडियममा बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । त्यस्तै केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे । त्यस्तै सुरेश रैनाले १९ रन जोडे । यता, बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो ।

बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३र३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । यो जितसंगै चेन्नईले पहिलो खेलमै २ अंक जोडेको छ । बैंगलोरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।