आईपिएल खेल्न सन्दिप दिल्ली जादै

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौँ, नेपाली राष्टिय क्रिकेट टोलीका लेग स्पिनर इन्डियन प्रिमियर लिग खेल्न दिल्ली जाने भएका छन् । भारतमा २३ मार्च देखी सुरु हुने आईपीएल प्रतियोगिताका लागि सन्दीप बुधबार दिल्ली जाने भएका हुन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा मुम्बई ईन्डियन्ससँग खेल्नेछ । जसका लागि दिल्लीको टिमले क्याम्प सुरू गरिसकेको छ । टिमसँगको विशेष अनुरोधमा सन्दिप पाकिस्तान सुपर लिग खेलेर नेपाल फर्किएका थिए । सन्दिपले गत वर्ष दिल्लीबाट खेल्दा ३ खेलमा ५ विकेट लिएका थिए । त्यसपछि उनी एकपछि अर्काे विदेशी फेन्चाईज लिगमा ब्यस्त बनेका थिए ।