आईपीएलको टिम अफ दि टुर्नामेन्टमा कुन टिमका कति खेलाडी ?

title
मङ्लबार, बैशाख ३१, २०७६

ऐजेन्सी । भारतमा सम्पन्न इडियन प्रिमियर लिग आइपीएलको यो सिजनको टिम अफ दि टुर्नामेन्टमा सन्दीप लामीछानेको टिम दिल्लीबाट तीन जना खेलाडी परेका छन् । क्रिकेट सम्बन्धित वेबसाइट क्रिकइन्फोका अनुसार बर्षको टिममा दिल्लीका शिखर धवन, रिशव पन्त र कागिसो रावाडा परेका छन् ।

त्यस्तै उपाधि विजेता टिम मुम्बइबाट हार्दिक पाण्ड्या र जसप्रित बुम्राहा परेका छन् भने चेन्नेइबाट कप्तान महेन्द्रसिंह धोनी र इमरान ताहिर परेका छन् । त्यस्तै राजस्थान, हैदरावाद, पञ्जाव र कोलकाताबाट एक–एक जना खेलाडी परेका छन् । जसमा हैदरावादबाट ओपनर डेविड वार्नर, राजस्थानबाट श्रेयर गोपाल, पञ्जावबाट लोकेश राहुल, कोलकाताबाट आन्द्रे रसेल परेका छन्