आईपीएलको यो सिजनमा सन्दीपले करिव ५५ लाख पाउँने

title
मङ्लबार, बैशाख ३१, २०७६

ऐजेन्सी । आईपीएलमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यो सिजनमा ५५ लाख रुपैया पाउने भएका छन् ।

तेस्रो भएबाफत ६ दशलमव ४ करोड भारतीय रुपैँयामा ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने आइपीएलको नियम अनुसार दिल्लीले टिमका २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैया पाउने भएको छ ।

नेपाली रकम अनुसार प्रतिखेलाडीले साढे २० लाखरुपैया“ हात पार्नेछन् । तसर्थ यो सिजनमा स्टाइलिस खेलाडीको अवार्डसंगै एक लाख समेत जितेका सन्दीपले आइपीएल खेलेवाफतको २० लाखसहित ५५ लाख रुपैया“ पाउने भएका हुन् ।