आईपीएलमा दिल्लीले चेन्नेईलाई दियो १४८ रनको चुनौति

title
शुक्रबार, बैशाख २७, २०७६

काठमाडौं–इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको जारी खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्स समक्ष १४८ रनको चुनौति प्रस्तुत गरेको छ ।

फाइनल प्रवेशका लागि भिसखापट्नाममा जारी खेलमा टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।

दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको उल्लेख्य स्कोर गर्न सकेनन् ।

शिखर धवनले १८ रन लिदा कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किए । ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । अन्यको खासै राम्रो स्कोर रहेन ।

चेन्नेईका लागि दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २/२ विकेट हात पारे ।

अहिले चेन्नेईले जवाफी व्याटिङ गरिरहेको छ । यो प्रतिस्पर्धाको विजयी टोलीले उपाधीका लागि मुम्मई इन्डियन्सस‘ग प्रतिस्पर्धा गर्नेछ ।