आईपीएल : आज राजस्थान रोयल्स र किङ्स इलाभेनको प्रतिस्पर्धा हुँदै

title
सोमवार, चैत्र ११, २०७५

एजेन्सी । भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज(सोमवार) राजस्थान रोयल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

जयपुरमा हुने राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । यी दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थान रोयल्स अजिंका रहानेको कप्तानीमा मैदान उत्रनेछ । राजस्थानलाई स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स, स्टुवार्ड बिनी जस्ता खेलाडीको साथ हुनेछ । यता, पन्जाब रविचन्द्र आश्विनको कप्तानीमा मैदान उत्रनेछ ।

पन्जाबमा क्रिस गेल, मायांक अग्रवाल, डेभिड मिल्नर, मोहमद सामी, लोकेश राहुल लगायतका खेलाडी रहेका छन् । पछिल्लो पाँच खेलको नतिजा हेर्दा दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

पछिल्लो पाँच खेलमा पन्जाबले तीन खेलमा जित र दुई हार व्यहोरेको छ । राजस्थानले दुई खेलमा जित निकाल्दा तीन खेल गुमाएको छ ।