आईपीएल : कोलकाता र बैंगलोर भिड्दै, दोस्रो जितको खोजीमा बैंगलोर

title
शुक्रबार, बैशाख ६, २०७६

एजेन्सी । जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार (आज) कोलकाता र बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ । कोलकाताको इडेन गार्डेन्समा दुवै टोलीबीचको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ ।

घरेलु मैदानमा कोलकाता निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । अहिलेसम्म कोलकाताले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा आफुलाई उभ्याएको छ ।

यता बैंगलोर पहिलो भेटको हारको बदला लिने योजनासहित मैदान उत्रनेछ । बैंगलोरबिरुद्धको पहिलो खेलमा कोलकाता पाचँ विकेटले विजयी भएकोे थियो ।

यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोरलाई घरेलु टोलीविरुद्ध जित निकाल्न भने निकै कठिन देखिएको छ । बैंगलोरले यस सिजन मात्र १ जित हात पारेको छ । लिगको पुछारमा रहेको बैंगलोरले ८ खेलबाट २ अंक मात्र जोडेको छ ।