आईपीएल : दिल्लीको खेल आज, सन्दीप टोलीमा पर्लान ?

title
आइतवार, बैशाख १, २०७६

ऐजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्दैछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा हुने घरेलु टोली र दिल्लीबीचको खेल राति सवा ८ बजेबाट सुरु हुनेछ । अहिलेसम्म ७ खेलमा चारमा जित निकालेको सन्दीपको टिम दिल्ली ८ अंक जोड्दै चौँथो स्थानमा छ । त्यसैले दिल्ली हैदरावादविरुद्ध पाँचौ जितको खोजीमा रहने छ ।

यता, हैदरावाद ६ खेलमा ३ जितसहित ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ । दिल्लीलाई हराएर हैदरावाद अंक तालिका सुधार गने लक्ष्यमा हुनेछ । त्यस्तै आज हुने अर्को खेलमा चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स प्रतिस्पर्धामा छन् । कोलकातास्थित इडेन गार्डेनमा शिर्ष स्थानको चेन्नईले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिदाँ दोस्रो स्थानमा कोलकाता भने व्याटिङमा उत्रिएको छ ।

यी दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् । चेन्नईले अहिलेसम्म ७ खेलमा १२ अंक जोडेको छ । यता कोलकाता भने ७ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।