आईपीएल : दिल्लीले दिएको १४८ रनको चुनौती पछ्याउँदै सुपर किंग्स

title
मङ्लबार, चैत्र १२, २०७५

ऐजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भईरहेको छ । फिरोज कोट्ला क्रिकेट स्टेडियममा जारी खेलमा दिल्लीले चेन्नईलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।

यसअघिटस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका स्पिनर सन्दीपलाई भने टोलीमा समावेश गरेन् ।