आईपीएल : पञ्जावबिरुद्ध चेन्नई टस जितेर व्याटिङमा, दोस्रो खेलमा हैदरावाद र मुम्बई भिड्दै

title
शनिबार, चैत्र २३, २०७५

ऐजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पञ्जाव प्रतिस्पर्धामा छन् । चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा जारी खेलमा घरेलु टोली चेन्नई अहिले टस जितेर व्याटिङ गरिरहेको छ । यी दुवै टोली चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

दुवै टोलीले अघिल्ला चार खेलमा एक हार र तीन जित निकालेका थिए । तेस्रो स्थानको पन्जाबको ६ अंक छ भने चौंथो स्थानको चेन्नईको पनि ६ अंक रहेको छ । त्यस्तै आजै हुने दोस्रो खेलमा सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्नेछन् । शीर्ष स्थानको हैदरावादसंग मुम्बईले उसैको मैदानमा खेल्नेछ । यी दुईबीचको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ ।

घरेलु मैदानमा हैदरावाद चौंथो जितको खोजीमा हुनेछ । हैदरावादले ४ खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेको छ । यता, मुम्बई तेस्रो जितको खोजीमा हुनेछ । मुम्बई चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेर छैटौं स्थानमा छ ।