आईपीएल : पन्जाव र राजस्थान भिड्दै, अंक सुधारको कसरत

title
मङ्लबार, बैशाख ३, २०७६

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार किंग्स ईलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैँछ । चण्डीगढस्थित पन्जाव क्रिकेट स्टेडियममा घरेलु टोली पन्जाव र राजस्थानबिरुद्धको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्नु हुनेछ ।

घरेलु टोली पन्जाब राजस्थानलाई हराएर लिगमा पाँचौ जित निकाल्ने योजनामा छ । सात खेलबाट आठ अंक जोडेको पन्जाब लिगको पा“चौ स्थानमा छ । यता, राजस्थान घरेलु टोलीलाई हराउँदै लिगमा तेस्रो जित निकाल्ने योजनामा छ ।

राजस्थान ७ खेलमा २ जित निकालेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । तर, राजस्थान आज पन्जाबलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ । जारी सिजनको पहिलो भेटमा पन्जाबले राजस्थानलाई उसैको मैदानमा १४ रनले पराजित गरेको थियो ।