आईपीएल : मुम्बई र पञ्जावको भिडन्त, अंक सुधारको कसरत

title
बुधबार, चैत्र २७, २०७५

ऐजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार मुम्बई ईन्डियन्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा घरेलु टोली मुम्बई र पन्जाबबीचको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ । बुधबारको खेलमा दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको पन्जाब घरेलु टोलीलाई हराउँदै लिगमा उत्कृष्ट प्रदर्शन कायम राख्न चाहन्छ । लिगको तेस्रो स्थानमा रहेकोे पन्जाबले ६ खेलबाट ८ अंक जोडेको छ । मुम्बईबिरुद्ध जित निकाल्न सके शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंग अंक बराबरी गर्ने पन्जाबलाई अवसर छ । यता, मुम्बई घरेलु मैदानमा पन्जाबलाई हराएर अंक दुरी कम गर्न चाहन्छ । पा“चौ स्थानमा रहेकोे मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।