आईसीसी यु–१९ विश्वकप छनोट क्रिकेटः कुवेतलाइ ८ विकेटले पराजित गर्दै नेपाल विजयी

title
बिहिबार, बैशाख ५, २०७६

काठमाडौं । आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल कुवेतलाइ ८ विकेटले पराजित गरेको छ ।

कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले ९३ रनको साझेदारी गरे । दुवै जनाले अर्ध सतकीय पारी खेले ।

पवनले ५३ रन बनाए भने रितले ६२ रन बनाए । नटआउट रहेका आसिफ शेखले समेत ३१ रन बनाउँदा सन्दिप जोराले नटआउट ५ रन जोडे ।

कुवेतलाई १ सय ५७ रनमा समेट्ने क्रममा कप्तान रोहित पौडेलले ३ विकेट लिए । यस्तै, रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

कुवेतसँगको अन्तिम खेलमा जीत हात पारेपनि आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको संभावना समाप्त भइसकेको छ ।