आकाशे पानी संकलनमा वेवास्ता

title
बिहिबार, असार २६, २०७६

सिर्जना मिश्र

पानीको अभाव न्यूनिकरणका लागि सरकारले हरेक बर्ष वर्षातको पानी संकलनका लागि बजेट बिनियोजन गर्दै आएको छ । तर यो योजना विद्यालय स्तरमा भन्दा बाहिर जान सकेको छैन र चरम पानीको अभाव हुने शहरी तथा ग्रामिण क्षेत्रमा बर्षाको पानी बगेर खेर गईरहेको छ ।

त्यसोत, तथ्यांक अनुसार, काठमाडौँ उपत्यकामा सरदर प्रतिवर्ष १३ सय मिलिमिटर पानी पर्दछ । अत्याधिक जनघनत्व भएको काठमाडौ उपत्यकामा पानीको माग पनि सोही अनुपातमा बढी रहेको छ ।

तर उपलव्ध पानीको श्रोत बर्षेनी सुकीरहेका छन् । यसबाट उत्पन्न संकट न्यूनिकरणका लागि बर्षायाममा हुने आकासे पानी संकलनलाई उपयुक्त विकल्प मानिन्छ ।

तर नेपालमा यसको बिस्तृत तथा दिगो व्यवस्थापन हुन सकेको छैन । काठमाडौँ उपत्यका खानेपानी बोर्डका अनुसार, आकासे पानी संकलन बिद्यमान पानीको संकट टार्ने बैज्ञानीक बिकल्प हो ।

यसका निम्ति मुलुकको भु–वनौट र स्थानीय आवाश्यकता अनुसार बृहतरुपमा काम भईरहेको जल तथा मौषमविद् अनोज खनाल बताउँछन् । सरकारले आकासे पानी संकलन कार्यक्रम अनुसार काठमाडाँै उपत्यकाका सबै सामुदायीक बिद्यालयमा एक विद्यालय बराबर ३ देखि ५ लाख रुपैंया सम्म छुट्याउंदै आएको छ ।

तर विज्ञहरुका अनुसार यो प्रविधि पानीको विकल्प नभएका क्षेत्रमा पहिलो प्राथमीकता दिनुपर्छ । काठमाडौ उपत्यककामा पानीको दिर्घकालीन श्रोत बनेका ढुङ्गे धारा, इनार लयाएतका श्रोतलाई पुनः जिवन्त राख्न सक्नुपर्छ र शहरका लागि आकासे पानी संकलन उपयुक्त बिकल्प नहुने नेपाल सरकारका पूर्वसचिव भिम उपाध्याय बताउँछन् ।

मन्सुन सक्रिय भएको समयमा आकासे पानीको मात्रा अत्याधीक हुने भएकाले दुई महिनाको अवधीमा बैज्ञानीक रुपमा प्रसस्तै पानी जोहो गर्न सकिन्छ । जसले पीउने तथा घरायसी पानीको समस्या टार्छ ।

सिंचाई तथा सरसफाईमा महत्वपूर्ण योगदान पुग्छ । तर पनि अत्याधीक पानी पर्ने तथा अत्याधीक पानीको अभाव रहेको काठमाडौ उपत्यका मै यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

जुन कार्यक्रम नदि नाला सफाई, हरियाली बिकास तथा जमिन मुनीको पानीको सतह व्यवस्थापनमा सदुपयोग गर्न सकिन्छ ।