आक्रमणमा परि भारतको खरसान्वामा पाँच प्रहरीको मृत्यु

title
शनिबार, जेष्ठ ३२, २०७६

एजेन्सी । भारतको झारखण्ड स्थित् सरायकेला खरसान्वा जिल्लामा नक्सलवादी समुहले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीमा रहेको प्रहरी चढेको गाडिमा नक्सलवादी समुहले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा पाँच जना प्रहरीको मृत्यु भएको र लडाकुहरुले प्रहरीको हतियार तथा सञ्चार सेट लुटेर लगेको झारखण्डका प्रहरी प्रवक्ता एम.एल मिणाले पुष्टि गरेका छन् । प्रहरीका अनुसार, झारखण्डको सरायकेला खरसान्वा जिल्लामा एक महिनाको अवधीमा नक्सलवादी समुहले प्रहरी माथि हमला गरेको यो चौथो पटक हो ।

झारखण्ड प्रहरीले बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादी लडाकुले पुलिसको गाडि रोकेर सबै प्रहरीको हत्या गरेका थिए ।