आगामी २ वर्ष भित्र देशभर विजुलीको पंहुच पुग्नेछ : उर्जा मन्त्री

title
सोमवार, असार ९, २०७६

काठमाडौ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी २ वर्ष भित्र देशका सवै भागमा विजुलीको पंहुच पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले देशका दुर्गम भूभागमा विद्युतको पंहुच पुग्न नसकेको स्वीकारर्दै २ वर्ष भित्र सकेसम्म केन्द्रीय प्रशारण लाईन जोड्ने, संभव नहुने स्थानमा वैकल्पीक ऊर्जाका माध्यमबाट भएपनि देशभर उज्यालो बनाई छाड्ने बताए ।

अहिले करिव १३ सय मेगावाट विद्युतको माग भएको भन्दै उनले नेपालको उत्पादनबाट अपुग विद्युत भारतबाट आयात गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाँले आगामी वर्ष करिव १ हजार मेगावाट राष्ट्रिय प्रशारण लाइनमा थप हुन गई आयात घट्ने बताए । मन्त्री पुनले अहिले झोलामा खोला राखेर हिड्ने अवस्थाको अन्त्य गरेको पनि बताए । डेडिकेटेड र ट्रंक लाईनबारे अहिलेपनि सर्वोच्च अदालतमा मुद्धा रहेको भन्दै उनले विद्युतको सम्पूर्ण वक्यौता उठाउन कुनै कसर बाँकी नराख्ने दृढता ब्यक्त गरे ।

मन्त्रालयले जलश्रोत नीति निर्माणको काम अन्तिम चरणमा पु¥याएको जानकारी गराउँदै मन्त्री पुनले पहिलो प्राथामिकता खानेपानी, दोश्रो सिंचाई, तेश्रो ऊर्जा त्यसपछि पर्यटकीय प्रयोजनका लागि नेपालको जलश्रोतको प्रयोग गर्नुपर्ने बताए ।