आजबाट मुलुकी संहिता लागू

काठमाडौं । १ सय ६५ वर्षअघि जंगबहादुर राणाले निर्माण गरेको मुलुकी ऐन विस्थापित गर्दै आजदेखि नयाँ कानुन लागू भएको छ। आधुनिक परिवेश अनुसार परिमार्जन गर्दै ५ वटा संहिताको रुपमा अघिल्लो संसदले तयार पारेको कानुन आजदेखि औपचारिक रुपमा लागू हुन लागेको हो।
युरोपबाट फर्केलगत्तै राणाले वि.स. १९१० मा प्रचलित धर्म–परम्परा, सनद–सवाल, प्रथा आदिमा आधारित मुलुकको पहिलो संहिताबद्ध कानुन जारी गरेका थिए। जसलाई ‘मुलुकी ऐन’ भनिएको थियो। २०१० सालमा अन्तर्राष्ट्रिय प्रचलन अनुकूलको अपराध संहिता बनाउन पहिलो पटक कानुन आयोग बनेको थियो। त्यो आयोगले ल्याएको ‘नेपाल दण्ड विधान २०१२’ ऐन बन्न पाएन। त्यस्तै, २०२० सालमा संशोधित मुलुकी ऐनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन एवम् छुट्टाछुट्टै फौजदारी कानुनलाई एकीकृत गरी फौजदारी कानुनका सैद्धान्तिक र व्यवहारिक पक्षलाई चुस्त बनाउने उद्देश्यले २०२८ सालमा गठन भएको कानुन आयोगले पनि २०३० मा अपराध संहिताको मस्यौदा ल्यायो। तर त्यसले पनि ऐनको रूप पाउन सकेन।
त्यसपछि विज्ञान र प्रविधिको विकाससँगै क्रमशः अपराधमा पनि प्रविधि प्रयोग हुन थाल्यो र संगठित अपराधले प्रवेश पायो। जसलाई दृष्टिगत गर्दै परिवर्तित सन्दर्भ अनुकूलको फौजदारी संहिता बनाउन तत्कालीन समय अनुसार विभिन्न प्रयासहरु भए। त्यही प्रयास अन्र्तगत नै २०५८ सालमा महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलले एउटा मस्यौदा निर्माण गर्यो। तर महान्यायाधिवक्ता कार्कीको नेतृत्वमा तयार पारिएको ‘अपराध संहिता तथा फौजदारी कार्यविधि संहिताको मस्यौदा २०५८’ ले पनि संसदमा छलफल भएर कानुनको रुप लिन पाएन। छलफलकै चरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि त्यो ऐन बन्न नपाएएको हो।
यसपछि २०६२/०६३ को जनआन्दोलन र अन्तरिम संविधानको भावना, द्वन्द्वको जटिलताबाट सिर्जित आपराधिक मनोविज्ञान र झाँगिदो संगठित अपराध नियन्त्रण गर्ने व्यवस्थासहितको नयाँ संहिताको आवश्यकता भयो। यस्ता कानुनी आवश्यकतालाई सम्बोधन गर्न सरकारले २०६५ साल मंसिर १८ गते नयाँ कार्यदल गठन गर्यो। तत्कालीन समयमा सर्वोच्चका न्यायाधीश रहेका कल्याण श्रेष्ठ संयोजकत्वको ‘फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल’मा सर्वोच्चकै न्यायाधीशहरु र अन्य विज्ञ कानुन व्यवसायीहरु रहेका थिए।
सरकारले अर्का पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी संयोजक रहेको देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल समेत गठन गर्यो। देवानी र फौजदारी कानुनमा विज्ञता हासिल गरेका दुई न्यायाधीशको नेतृत्वको कार्यदलले २०६७ सालमा मस्यौदा बुझाएका थिए। त्यही मस्यौदामाथि सरोकारवाला सबै पक्षसँग लगातार छलफल भई अघिल्लो संसदले पारित गरेको हो।
२०७४ भदौमा संसदबाट बहुमतले पारित भएको यो ऐनमा ६० प्रतिशत मुलुकी ऐनका व्यवस्था नै छन् भने २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र बाँकी २० प्रतिशत अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर निर्माण गरिएको छ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
सगरमाथा टिभीका म्याग्दी सम्बाददाता गौतम पुरस्कृत
-
डिपीएलको उपाधी सिवाईसी अत्तरियालाई
-
साताको शेयर बजार : परिसुचक बढेपनि अर्ब पुगेन कारोवार
-
हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग वार्ता गर्नुपर्ने गच्छदारको भनाइ
-
गण्डकी मेडिकल कलेज सञ्चालकको मनपरी, विद्यार्थी आन्दोलित
-
विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो
-
डिपीएल उपाधी भिडन्त : महेन्द्रनगरद्धारा अत्तरियालाई १२४ रनको लक्ष्य
-
बमकाण्डका घाइतेको उपचार सरकारले गर्ने
-
चोरीका मोबाइलसहित चार पक्राउ
-
अष्ट्रियाली विदेशमन्त्री भूटान प्रस्थान
-
सांसद वलीको अन्तिम दाहसंस्कार
-
नख्खुमा बम विष्फोट : एकजनाको मृत्यु, ६ जना पक्राउ
-
अख्तियार टोलीद्वारा घुससहित पक्राउ
-
लापरबाही हुँदा १ सय ५० रोपनी सरकारी जग्गा हयात होटलको नाममा
-
स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी